14
Mar 18
बीमा कम्पनी संस्थापना गर्न पूर्व सहमति दिने कार्यमा रोक लगाइएको बारे ।
बीमा ऐन, २०४९ बमोजिम बीमा व्यवसाय सञ्चालन गर्ने उद्देश्यले बीमा कम्पनीको संस्थापना र बीमकको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा नेपालमा समग्र बीमा व्यवसायको सम्भाव्यता अध्ययन गर्न यस समितिबाट गठित उप समितिको अन्तरिम प्रतिवेदन बमोजिम अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म बीमा ऐन, २०४९ को दफा १२ को खण्ड (ग) बमोजिम बीमक दर्ता गर्ने र बीमा व्यवसाय गर्ने उद्देश्य भएका बीमकको रुपमा कम्पनीको संस्थापना गर्न पूर्व सहमति दिने कार्यमा रोक लगाइएको व्यहोरा सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।
बीमा समिति
कुपण्डोल–१०, ललितपुर
फोन नं. ५५२१०७९, ५५३८७४३
फ्याक्स नं. ५५२०११९
टोल फ्रि:१६६०-०१-५६७८९