बीमा समिति भनेको के हो ?
|
बीमा क्षेत्रलाई विकसित, व्यवस्थित, नियमित तथा नियन्त्रित गर्नका लागि बीमा ऐन , २०४९ अनुसार स्थापित नेपाल सरकारको एउटा कार्यान्वय इकाई तथा नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय
बीमा समिति हो । |
|
|
बीमा समितिले के काम गर्छ ?
|
यसले बीमा कम्पनी, बीमा सर्भेयर र बीमा एजेण्टको लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने, रद्ध गर्ने तथा तिनीहरुलाई नियमन गर्ने गर्छ । यसले नेपाल सरकारलाई बीमा सम्बन्धि सल्लाह दिने काम गर्छ । |
|
|
बीमा समिति कहाँ छ ?
|
यो कुपण्डोल, ललितपुरमा छ । |
|
|
बीमा समितिको तालुक मन्त्रालय कुन हो?
|
नेपाल सरकार, अर्थ मन्त्रालय |
|
|
बीमा समिति कहिले स्थापना भएको हो ?
|
बि सं २०२५ मा |
|
|
जीवन बीमा भनेको के हो ?
|
जीवन बीमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरि कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास
रकम पाउने गरि गरिने करार सम्बन्धि व्यवसाय सम्झनु पर्छ| |
|
|
निर्जीवन बीमा भनेको के हो ?
|
निर्जीवन बीमा भनेको जीवन बीमा व्यवसाय बाहेक अन्य बीमा व्यवसाय बुझिन्छ | |
|
|
नेपालमा कतिवटा बीमा कम्पनीहरु छन् ?
|
नेपालमा हाल जम्मा ४० वटा बीमा कम्पनीहरु संचालनमा छन् ।
- १९ जीवन बीमा कम्पनी
- २० निर्जीवन बीमा कम्पनी
- १ पुनर्बीमा कम्पनी
|
|
|
बीमा तथा बीमा व्यवसाय सम्बन्धि तथ्यांक कस्ले सर्बसाधरणलाई उपलब्ध गराँउछ ?
|
बीमा समिति |
|
|
बीमा अभिकर्ता भनेको के हो ?
|
बीमा कम्पनीको तर्फबाट काम गर्ने अभिकर्ता हो । |
|
|
बीमा सर्भेयर भनेको के हो ?
|
बीमा गरिएको कारणले कुनै क्षति भएमा सो को मूल्यांकनकर्ता हो । |
|
|
बीमांकी भनेको को हो ?
|
बीमांकीय विज्ञानमा स्नातक गरेको व्यक्ति हो । |
|
|
बीमांकीय विज्ञान भनेको के हो ?
|
दायित्व मूल्यांकन सम्बन्धि उच्च प्राविधिक तथा व्यवसायिक विषय |
|
|
दाबी मूल्यांकनकर्ताहरु को हुन् ?
|
बीमा गरिएको कारणले भएको क्षतिको मूल्यांकनकर्ता |
|
|
बीमकले दाबी बापतको रकम नतिरेमा कहाँ उजुरी गर्ने ?
|
बीमा समितिमा |
|
|
बीमा कम्पनीलाई गलत दाबी गरी भुक्तानी माग्न खोजिएको लागेमा कहाँ उजुरी गर्ने ?
|
बीमा समितिमा |
*नोट: बीमा सम्बन्धी अन्य कुनै जिज्ञासा वा प्रश्नहरु भएमा बीमा समितिमा सम्पर्क राख्नुहोला । |