Email: info@nib.gov.np
Contact No:  +977-1-5421079  |  +977-1-5428604
Location:  Lalitpur-10, Kupondole,Nepal
Stay Connected On
01 Mar 19

तुलसीपुर उपमहानगरपालिका, दाङमा मिति २०७५ फागुन १७ गते बीमा समितिद्वारा ‘स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

बीमा क्षेत्रको नियमनकारी निकाय वीमा समितिको आयोजनामा मिति २०७५ फाल्गुन १७ गते शुक्रबार प्रदेश नं. ५ अन्तर्गत दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा “स्थानीय तहसँग वीमा समिति” विषयक अन्तरक्रिया कार्यक्रम स्थानीय तहका जनप्रतिनिधिहरु, उपमहानगरपालिकाका कर्मचारीहरु अगुवा कृषकहरु, वीमा कम्पनीका शाखा कार्यलयका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरु, पत्रकार तथा सरोकारवालाहरु गरी करीब १०० जनाको सहभागितामा सम्पन्न भएको छ।

उक्त कार्यक्रम वीमा समितिका अध्यक्ष श्री चिरञ्‍जीवी चापागाँई ज्यूको सभापतित्वमा संचालन भएको थियो भने प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख श्री धनश्याम पाण्डे रहनु भएको थियो ।त्यस्तै गरी उपमहानगरपालिकाका उपमेयर माया आचार्य विशेष अतिथि रहनु भएको थियो भने नेपाल इ.क.लि.का अध्यक्ष, अर्जुन पौडेल तथा प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह अतिथि रहनु भएको थियो ।

समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति श्री चिरञ्‍जीवी चापागाँईज्यूले “नेपालको वीमा प्रणाली” विषयक कार्यपत्र प्रस्तुत गर्दै वीमाको विविध पाटोका बारेमा प्रस्ट्‍याउनु भएको थियो ।उहाँले कार्यक्रममा सहभागि जनप्रतिनिधि र सरोकारवालाले राख्नु भएको जिज्ञासा एवं प्रश्नहरुको जवाफ दिदै वीमा जोखिम व्यवस्थापनको एक उपयुक्त माध्यम भएको हुँदा हाम्रो जीवन र सम्पत्तिमा हुने जोखिम वीमा मार्फत  व्यवस्थापन गर्न अनुरोध गर्नुभयो। त्यस्तै गरी वीमा समितिले स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम गर्नुको उदेश्य नेपाल सकारको वित्तीय क्षेत्र सुधार रणानीति अनुसार वीमा सेवालाइ गाउँ गाउँ र घर घरमा पुर्‍याउनु रहेको र यसको उपयुक्त माध्यम भनेको निर्वाचित जनप्रतिनिधिहरू रहेको वताउनु भएको थियो । समितिले यस प्रकारको कार्यक्रम देशभर संचालन गर्दे आइरहेको हुँदा वीमाको पहुँच वृद्धि गर्ने अभियानमा हामी सवै सरोकारवाला लाग्नुपर्ने वताउनु भयो। कार्यक्रममा उहाँले तुलसीपुर उपमहानगरपालिकाले वीमा व्यवसायलाई प्रवर्द्धन गर्न ल्याउने नीतिगत तथा कानुनी विषयमा समिति सहकार्य र सहयोग गर्न तयार रहेको समेत वताउनुभयो ।

त्यस्तै गरी कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर श्री धनश्याम पाण्डेले वीमा समितिका अध्यक्ष स्वयं उपस्थित भएर वीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गर्न तुलसीपुर उपमहानगरपालिकामा आउनुभएकोमा खुशी व्यक्त गर्दै स्वागत गर्नु भएको थियो ।कार्यक्रममा उहाँले नेपाल सामन्तवादी अर्थव्यवस्थावाट पूँजीवादी अर्थव्यवस्था हुँदै समाजवादी व्यवस्थामा प्रवेश गर्न लागेको सन्दर्भमा बजार संयन्त्रलाई प्रवल वनाउने र जोखिम व्यवस्थापन गर्ने उपयुक्त माध्यम वीमा रहेको वताउनु भएको थियो । उहाँले स्वास्थ्य वीमा, जीवन वीमा, कृषि बीमा, लघुबीमा, सम्पत्ति वीमा लगायतलाई उपमहानगरपालिका भित्र कसरी एकिकृत गर्न सकिन्छ भनि सो को कानुनी र नीतिगत व्यवस्था गर्ने तर्फ छलफल भइरहेको र तुलसीपुर उपमहानगरपालिकालाई “स्मार्ट” नगरको रुपमा विकास गर्ने योजना रहेको हुँदा नगरपालिका स्मार्ट हुनका लागि त्यहाँ बसोवास गर्ने नागरिक, बैंक, फाइनान्स, वीमा लगायत सम्पूर्ण क्षेत्र स्मार्ट हुनुपर्ने बताउनुभयो । आर्थिक समृद्धि हासिल गर्ने राज्यको नीतिअनुरुप हामी सवै उत्पादन वढाउन तर्फ लाग्नुपर्ने र वीमालाई विकास निर्माण र समृद्धिको बाटोतर्फ लैजान हामीसवै सहकार्य गर्दै अगाडी वढ्नुपर्ने समेत वताउनु भएको थियो ।

वीमा सम्बन्धी यस प्रकारको कार्यक्रम अत्यन्तै उपयोगी र सान्दर्भिक भएको हुँदा समितिले भविष्यमा निरन्तरता दिनुपर्ने र त्यसका लागि आवश्यक सहयोग तथा समन्वय गर्न आफू तत्पर रहेको विचार व्यक्त गर्नुभयो ।स्थानीय तहसँग वीमा समिति विषयक कार्यक्रम दाङ्ग जिल्लाको लागि पहिलो कार्यक्रम भएको र यहाँ सम्म आई कार्यक्रम गरेकोमा वीमा समितिलाई धन्यवाद दिदै अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको कार्यपत्रबाट तुलसीपुर वासीलाई वीमाको विविध पाटोको बारेमा ज्ञान प्राप्त भएको वताउनुभयो। उहाँले वित्तीय क्षेत्रको अभिन्न पाटो वीमा सम्बन्धी साक्षरता अभियान नै चलाउनुपर्ने आवश्यकता रहेको वताउनु भएको थियो ।

कार्यक्रममा अतिथि नेपाल इ.क.लि.का प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले वीमा समितिले वीमा सेवालाई प्रवर्द्धन र विकास गर्ने उदेश्य सहित आयोजना गरेको यस प्रकारको कार्यक्रमले वीमाको पहुँच वृद्धिमा सहयोग पुग्ने बताउनु भयो । त्यस्तै रिपोटर्स क्लव ५ नं. प्रदेशका संयोजक श्री शरद रेग्मीले तुलसीपुर उपमहानगरपालिकामा आयोजना गरेको यस प्रकारको कार्यक्रमले समग्र नगरवासीको जोखिम व्यवस्थापनमा टेवा पुग्नुको साथै बीमा प्रति विश्वासनीयता वढाएको वताउनु भयो ।

तुलसीपुर उपमहानगरपालिकामा रहेको होटल एकान्तमा भएको उक्त कार्यक्रम बीमा समितिका उपनिर्देशक निर्मल अधिकारीले संचालन गर्नुभएको थियो भने कार्यक्रमको अन्तिम सत्रमा समितका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री चिरञ्‍जीवी चापागाँईज्यूले कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद दिदै यस कार्यक्रमबाट आफू उत्साहित भएको भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

 

                                                             बीमा समिति

कुपण्डोल, ललितपुर ।

मिति  २०७५ फाल्गुन १७

Click here for pdf file