Stay Connected On
Email info@nib.gov.np
Contact No. +977-1-5521079, 5538743
Location Lalitpur-10, Kupondole,Nepal
21 Apr 19

सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बुमा मिति २०७६ बैशाख ७ गते “स्थानीय तहसँग बीमा समिति” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको आयोजनामा मिति २०७६ बैशाख ७ गते शनिवार प्रदेश नं. १ अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा “स्थानीय तहसँग बीमा समिति” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

सोलुदुधकुण्ड नगरपालिकाको नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका प्रवक्ता, वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरु, वडा सदस्यहरू, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नगरपालिकामा रहेका बीमा/बैंक/लधुवित्त तथा वित्तीय संस्थाका शाखा प्रमुखहरु, कृषि प्राविधिक तथा पशु प्राविधिक, लब्ध प्रतिष्ठित व्यक्तिहरू, पत्रकार एवं अन्य सरोकारवालाहरु समेत करीब ११० जनाको सहभागितामा सम्पन्न भयो ।

उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बीमा समितिका अध्यक्ष श्री चिरञ्‍जीवी चापागाँईज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख श्री कल्पना रार्इ, अतिथि प्रमुख प्रशासकिय अधिकृत श्री शिवराज चौलागार्इ, नगरपालिकाका प्रवक्ता श्री शारदा माया तामाङ र विभिन्न वडाका वडा अध्यक्षज्युहरू रहनु भएको थियो ।

समितिका अध्यक्ष ज्युबाट “नेपालको बीमा प्रणाली” विषयक कार्यपत्र प्रस्तुत गर्दै बीमाको विविध पक्षका बारेमा प्रस्ट्‍याउनु भएको थियो । उहाँले कार्यक्रममा सहभागी जनप्रतिनिधि र सरोकारवालाले राख्नु भएको जिज्ञासा एवं प्रश्नहरुको जवाफ दिदै बीमा जोखिम व्यवस्थापनको एक उपयुक्त माध्यम भएको हुँदा हाम्रो जीवन र सम्पत्तिमा हुने जोखिम बीमा मार्फत  व्यवस्थापन गर्न अनुरोध गर्नुभयो । त्यस्तै गरी बीमा समितिले स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम गर्नुको उद्देश्य नेपाल सकारको वित्तीय क्षेत्र सुधार रणानीति अनुसार बीमा सेवालाइ गाउँ गाउँ र घर घरमा पुर्‍याउनु रहेको र कृषिमा स्वरोजगार एवं आत्म निर्भरको नीति कार्यन्वयनमा लघु बीमा कार्यक्रम उपयुक्त भएकोले सरकारले अनुदानको व्यवस्था गरेको हुँदा उक्त अनुदानको व्यवस्थित ढङ्गले सदुपयोग गर्न समेत जोड दिनु भयो भने यसको कार्यन्वयनमा स्थानीय सरकार तथा  यहाँको  निर्वाचित जनप्रतिनिधिहरूको ठुलो भूमिका रहेको बताउनु भयो ।

समितिले यस प्रकारको कार्यक्रम देशभर सञ्चालन गर्दे आइरहेको हुँदा बीमाको पहुँच वृद्धि गर्ने अभियानमा हामी सवै सरोकारवाला लाग्नुपर्ने वताउनु भयो । उहाँले समितिबाट हालसालै जारी गरिएको “एकिकृत सम्पत्ति बीमा लेख “ मा भएको ग्राह्रस्थ्य बीमाको वारेमा स्पष्ट पार्दे, आजैबाट “एक कप चिया छोडौँ र बीमा गरौँ“ भन्ने नाराका साथ स्थानीय निकायलार्इ ग्राह्रस्थ्य बीमा गरे वापत अनुदान समेत दिन अनुरोध गर्नुभयो । कार्यक्रममा उहाँले सोलुदुधकुण्ड नगरपालिकामा बीमा व्यबसायलाई प्रवर्द्धन गर्न ल्याउने नीतिगत तथा कानुनी विषयमा समिति सहकार्य र सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।

त्यस्तै गरी कार्यक्रमका प्रमुख अतिथि तथा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर श्री कल्पना रार्इले बीमा समितिका अध्यक्ष स्वयं उपस्थित भई बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न सोलुदुधकुण्ड नगरपालिकामा आउनुभएकोमा खुशी व्यक्त गर्दै स्वागत गर्नु भयो र यो ऐतिहासिक समय भएको बताउनुभयो । उहाँले बीमा भन्ने सुनियता पनि वास्तममा यसको कार्यान्वयन सन्तोषजनक हुन नसकेको बताउनु भयो । कार्यक्रममा उहाँले सरकारको “समृद्द नेपाल सुखी नेपाली” को लक्षय हाँसिल गर्न  बीमा तथा वित्तिय संस्थाको कार्यहरू सरल, पारदर्शी हुनुपर्ने भनाइ राख्नु भयो । उहाँले बीमा क्षेत्रमा आकर्षित भएका नगरका वासिन्दाहरूको घर/परिवारको तथ्याङ्क संकलन गरिनुपर्ने र पहुँचमा नआएका व्यक्तिहरू तथा व्यवसायहरूले पनि आफ्नो भविस्यमा हुन सक्ने जोखिम व्यवस्थापन गर्न बीमा गर्नुपर्ने  कुरामा जानकार भर्इ बीमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बीमा गर्ने तथा क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियामा सहजता ल्यार्इ बीमा क्षेत्रको विश्वासलार्इ कायम राख्न सुझाव दिनुभयो । जोखिम व्यवस्थापन गर्ने उपयुक्त माध्यम बीमा रहेकाले नगरपालिकाको बिकास निर्माण र नगरबासीको समृद्धिका लागि बीमा अपरिहार्य रहेको र हामी सवैसंग सहकार्य गर्दै अगाडि वढ्नुपर्नेमा जोड दिनु भएको थियो ।

बीमा सम्बन्धी यस प्रकारको कार्यक्रम अत्यन्तै उपयोगी र सान्दर्भिक भएको हुँदा समितिले भविष्यमा निरन्तरता दिनुपर्ने र त्यसका लागि आवश्यक सहयोग तथा समन्वय गर्न आफू तत्पर रहेको सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता श्री शारदामाया तामाङले वताउनुभयो गर्नुभयो । उहाँले कृषि तथा पशु बीमाका प्राविधिकको संख्या कम भएको र यसलार्इ सम्बोधन गर्न बीमा समितिले उपयुक्त कदम चाल्ने विश्वास पनि व्यक्त गर्नुभयो । स्थानीय वासिन्दा श्री रस्विन मगरले स्वास्थ्य बीमाको दावी भुक्तानी प्रक्रियालार्इ  प्रभावकारी बनाउन बीमा समितिले भूमिका खेल्न आग्रह गर्नुभयो ।

स्थानीय तहसँग बीमा समिति विषयक कार्यक्रम सोलुखुम्बु जिल्लाको लागि पहिलो कार्यक्रम भएको र यहाँ सम्म आई कार्यक्रम गरेकोमा बीमा समितिलाई धन्यवाद दिदै अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको कार्यक्रममा उपस्थित सहभागीहरूले आफ्नो जिज्ञासा राख्नु भएको थियो भने अन्तर्क्रियामा उठेका विषयको जवाफ बीमा समितिका अध्यक्षले दिनु भएको थियो । साथै उहाँले बीमा संग सम्बन्धित कुनै समस्या परेमा बीमा समितिमा हुलाक वा इमेल मार्फत निवेदन दिएमा त्यसलार्इ ४५ दिन भित्र समितिले समाधान गर्ने प्रतिवद्भता जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री शिवराज चौलागाँर्इले बीमा समितिले बीमा सेवालाई प्रवर्द्धन र विकास गर्ने उदेश्य सहित आयोजना गरेको यस प्रकारको कार्यक्रमले यस नगरपालिकामा बीमा व्यवसायको प्रवर्द्धन हुने बताउनु भयो ।  साथै उहाले बीमाको दायरा अझै कम रहेकोले यसको दायरा बढाउन स्थानिय सरकार तथा बीमा समिति समानान्तर रूपमा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै आर्इएमर्इ र्इन्स्योरेन्स कम्पनी लि, सोलुखुम्वु शाखाका प्रमुख श्री खगेन्द्र वन ज्युले यस प्रकारको कार्यक्रमले समग्र नगरवासीको जोखिम व्यवस्थापनमा टेवा पुग्नुको साथै बीमाको  विश्वासनीयता बढेको बताउनु भयो ।

लक्ष्मी होटलको सभाहलमा भएको उक्त अन्तरक्रिया कार्यक्रम बीमा समितिका नि. कार्यकारी निर्देशक श्री राजु रमण पौडेलज्युले सञ्चालन गर्नुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रमको अन्त्यमा बीमा समितका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री चिरञ्‍जीवी चापागाँईज्यूले कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद दिदै सहभागीहरु यस कार्यक्रमबाट लाभान्वित भएको र आफू समेत उत्साहित भएको भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

बीमा समिति

कुपण्डोल, ललितपुर ।

 

मिति २०७६ साल बैशाख ७ गते

Please click here for pdf file

Know about Our Insurers

c99 shell hacklink istanbul evden eve nakliyat hacklink Google