Stay Connected On
Email info@nib.gov.np
Toll Free No. 1660-01-56789
Location Lalitpur-10, Kupandole, Nepal
29 Jul 19

मोटर बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

बीमा समितिले मिति २०७६ साल आषाढ २३ गते मोटर बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । प्रतिनिधि सभा, अर्थ समितिका माननीय सभापति श्री कृष्ण प्रसाद दहालज्यूको प्रमुख आथित्यतामा होटेल र्याडिसन लाजिम्पाटमा संचालित उक्त अन्तरक्रिया कार्यक्रममा बीमा समितिका संचालक समितिका सदस्यज्यूहरु, यातायात व्यवस्था विभागका महानिर्देशक एवं अन्य उच्च पदस्थ अधिकारीज्यूहरु, निर्जीवन बीमकका प्रमूख कार्यकारी अधिकृतज्यूहरु, यातायात व्यवसायीहरु, बीमा समितिका पदाधिकारी तथा कर्मचारीहरु र पत्रकार समेत गरी करीब एक सय जनाको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमका सभापति एंव बीमा समितिका अध्यक्ष श्रीमान् चिरञ्जीवी चापागाँईज्यूले मोटर बीमा दर सम्बन्धी निर्देशिका तथा मोटर बीमा सम्बन्धी बिद्यमान स्थिति सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यातायात व्यवस्था बिभागको मिति २०७६/०१/१५ को पत्रबाट बीमाङ्कमा हाल कायम रहेका मृत्यु वापतको बीमाङ्क रु. पाँच लाखलाई वृद्धि गरी रु दश लाख बनाउने र Head Injury वा Spinal injury भई घाइते भएकाको हकमा औषधोपचार वापतको बीमाङ्क रु १५,००,०००/- बनाउने गरी परिमार्जन गर्ने ब्यवस्थाको लागि अनुरोध भइ आएको जानकारी गराउनुभयो । साथै, उहाँले मोटर बीमादर सम्बन्धी निर्देशिकामा भएका व्यवस्था सम्बन्धमा प्रष्ट पार्दै आ.व. २०७४।७५ र आ.व. २०७५।७६ को चैत्र मसान्त सम्मको मोटर बीमाको बीमालेख संख्या, बीमाशुल्क, मोटर बीमा दाबी भुक्तानीको अवस्था तथा आ.व २०७३।७४,०७४।७५ र ०७५।०७६ को चैत्र मसान्त सम्मको मोटर बीमाको दाबी अनुपात को तुलनात्मक प्रस्तुती मार्फत मोटर बीमाको वर्तमान अवस्थाको सम्बन्धमा रहेका भ्रमहरुको निरुपण गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै श्रीमान् अध्यक्षज्यूले मोटर बीमाका सम्बन्धमा केही समस्या एवंम् चुनौतीहरु रहेका र ती समस्या एंव चुनौतीहरुलाई सबै पक्षहरुको सहयोग र सहकार्यबाट सहज निराकरण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा, अर्थ समितिका माननीय सभापति श्री कृष्ण प्रसाद दहालज्यूले बीमा समितिले मोटर बीमा सम्बन्धमा यस्ता कार्यक्रमहरु आयोजना गरेर सरोकारवालाहरु सबैलाई एकै स्थानमा समेटी मोटर बीमाको बास्तविकतालाई उजागर गर्दै यस सम्बन्धी रहेका भ्रम चिर्नमा सफल भएको र आफु पनि सो कार्यक्रमबाट लाभान्वित भएकोमा खुसी व्यक्त गर्नुभयो । साथै, उहाँले मोटर बीमा सम्बन्धमा देखिएका समस्याहरुलाई समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारण व्यक्त गर्दै आफुले आफ्नो तर्फबाट हुनसक्ने सहयोगमा कुनै कसुर बाँकी नराख्ने विश्वास दिलाउनुभयो । त्यस्तै, बीमा प्राविधिक बिषय भएको, मोटर बीमा सम्बन्धी विवाद समाधान गर्न बीमा समितिको प्रयास प्रशंसा योग्य रहेको र सो कार्यक्रम सहभागीहरुका लागि अत्यन्तै फलदायी भएको बताउनु भयो ।

त्यस्तै, यातायात ब्यवस्था बिभागका महाँनिर्देशक कुमार दाहालले यातायात व्यवसायीहरुले फण्डमार्फत रकम प्रदान गर्न प्रतिबन्ध लगाउनुपर्ने र बीमा कम्पनीहरुले आफ्नो व्यवसायमा कर्मचारीतन्त्रीय मूल्य मान्यताबाट प्रभावित नभई व्यवसायीक मूल्य मान्यताबाट कार्य सम्पादन गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव योगन्द्र नाथ कर्माचार्यले औषधी उपचार बीमाको बीमाङ्क रु. पाँच लाख पु¥र्याउदा राम्रो हुने विचार व्यक्त गर्नुभयो । यसैगरी, पर्यटक यातायात व्यावसायी सन्तोष न्यौपानेले दाबी फरर्छौटमा लामो समय लाग्ने गरेका कारण व्यवसायीले तत्काल रकम भुक्तानी गर्नुपर्ने हुनाले व्यवसायी मारमा परेको गुनासो गर्नुभयो ।

व्यवसायीको तर्फबाट कार्यक्रममा बोल्दै श्रीचन्द्र गौतम, हिरालाल श्रेष्ठ, वसन्त भण्डारी लगायतका बक्ताहरुले बीमा भएको अबस्थामा दुर्घटना पश्चात व्यवसायी दायित्वबाट मुक्त हुनुपर्ने, कानूनमा समयानुकुल संशोधन गर्दै जानुपर्ने, मुद्घाको छिनोफानो छिटो छरितो हुनुपर्ने, Salvage काट्ने विषयमा परिवर्तन गर्नुपर्ने, रंगरोगन खर्च पनि बीमाले समेट्नुपर्ने, असिमित बीमा हुनुपर्ने, सर्भेयरहरुको रिपोर्ट समयमा प्राप्त हुनुपर्ने, क्षतिको उचित मुल्यांकन हुनुपर्ने, आदि विषयहरुमा प्रस्तुत गर्नुभयो ।

                                    बीमा समिति

कुपण्डोल, ललितपुर ।

मिति २०७६ साल आषाढ २३ गते

Know about Our Insurers

instagram takipçi kasma instagram takipçi hilesi instagram beğeni hilesi instagram takipçi instagram giriş instagram takipçi satın al instagram free followers instagram free follower cheat follower for instagram free instagram followers free followers for instagram instagram free follower application instagram takipçi uygulama twitter begeni twitter takipci
c99 shell hacklink istanbul evden eve nakliyat hacklink Google