Stay Connected On
Email info@nib.gov.np
Toll Free No. 1660-01-56789
Location Lalitpur-10, Kupandole, Nepal
24 Mar 19

त्रियुगा नगरपालिका, उदयपुरमा मिति २०७५ चैत्र १० गते  “स्थानीय तहसँग बीमा समिति” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको आयोजनामा मिति २०७५ चैत्र १० गते आईतवार प्रदेश नं. १ अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा “स्थानीय तहसँग बीमा समिति” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

त्रियुगा नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, वाड अध्यक्षहरू, सदस्यहरू, कार्यपालिका सदस्यहरु, कृषि ज्ञान केन्द्रका प्रमुख, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नगरपालिकामा रहेका बीमा/बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरु एवं अन्य सरोकारवालाहरु समेत करीब १०० जनाको सहभागितामा सम्पन्न भयो ।

उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बीमा समितिका अध्यक्ष श्री चिरञ्‍जीवी चापागाँईज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि त्रियुगा नगरपालिकाका  प्रमुख श्री वलदेव चौधरी, अतिथि उपमेयर देवी कुमारी चौधरी र अन्य अतिथिको रुपमा लुम्बिनी इ.क.लि.का प्रमुख कार्यकारी अधिकृत श्री नुर प्रकाश रहनु भएको थियो ।

समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति श्री चिरञ्‍जीवी चापागाँईज्यूले “नेपालको बीमा प्रणाली” विषयक कार्यपत्र प्रस्तुत गर्दै बीमाको विविध पाटोका बारेमा प्रस्ट्‍याउनु भएको थियो । उहाँले कार्यक्रममा सहभागि जनप्रतिनिधि र सरोकारवालाले राख्नु भएको जिज्ञासा एवं प्रश्नहरुको जवाफ दिदै बीमा जोखिम व्यवस्थापनको एक उपयुक्त माध्यम भएको हुँदा हाम्रो जीवन र सम्पत्तिमा हुने जोखिम बीमा मार्फत  व्यवस्थापन गर्न अनुरोध गर्नु भयो । त्यस्तै गरी वीमा समितिले स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम गर्नुको उदेश्य नेपाल सकारको वित्तीय क्षेत्र सुधार रणानीति अनुसार बीमा सेवालाइ गाउँ गाउँ र घर घरमा पुर्‍याउनु रहेको र कृषिमा स्वरोजगार एवं आत्म निर्भरको नीति कार्यन्वयनमा लघु बीमा कार्यक्रम उपयुक्त भएकोले सरकारले अनुदानको व्यवस्था गरेको हुँदा उक्त अनुदानको व्यवस्थित ढङ्गले सदुपयोग गर्न समेत जोड दिनु भयो भने यसको कार्यन्वयनमा  स्थानीय सरकारको रूपमा नगरपालिका तथा  यहाँको  निर्वाचित जनप्रतिनिधिहरूको ठुलो भूमिका रहेको वताउनु भयो । समितिले यस प्रकारको कार्यक्रम देशभर संचालन गर्दे आइरहेको हुँदा बीमाको पहुँच वृद्धि गर्ने अभियानमा हामी सवै सरोकारवाला लाग्नुपर्ने वताउनु भयो । कार्यक्रममा उहाँले त्रियुगा नगरपालिकामा बीमा व्यवसायलाई प्रवर्द्धन गर्न ल्याउने नीतिगत तथा कानुनी विषयमा समिति सहकार्य र सहयोग गर्न तयार रहेको समेत बताउनु भयो ।

त्यस्तै गरी कार्यक्रमका प्रमुख अतिथि  तथा त्रियुगा नगरपालिकाका  मेयर श्री वलदेव चौधरीले बीमा समितिका अध्यक्ष स्वयं उपस्थित भई बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गर्न त्रियुगा नगरपालिकामा आउनु भएकोमा खुशी व्यक्त गर्दै स्वागत गर्नु भयो । उहाँले राजनैतिक परिवर्तनसंगै नयाँ संविधान आएता पनि आर्थिक एवं सामाजिक रूपान्तरण हुन नसकेको बताउनु भयो । कार्यक्रममा उहाँले सामाजिक  आर्थिक रूपान्तरणको लागि केही न केही काम गर्नु पर्ने सजिलै धनी बन्न खोज्नु नै कमजोरी रहेको भन्दै काम नगरी सम्पन्नता  हासिल नहुने भनाइ राख्नु भयो । उहाँले नगरका  वासिन्दाहरूको घर/परिवारको तथ्याङ्क संकलन गरिसकेको र लघु तथा कृषि बीमामा नगरपालिकाले  थप १५ प्रतिशत  अनुदानको समेत व्यवस्था गर्न लागेको बताउनु भयो । जोखिम व्यवस्थापन गर्ने उपयुक्त माध्यम बीमा रहेकाले नगरपालिकाको विकास निर्माण र नगरबासीको समृद्धिका लागि बीमा अपरिहार्य रहेको र हामी सवैसंग सहकार्य गर्दै अगाडि वढ्नुपर्नेमा जोड दिनु भएको थियो ।

बीमा सम्बन्धी यस प्रकारको कार्यक्रम अत्यन्तै उपयोगी र सान्दर्भिक भएको हुँदा समितिले भविष्यमा निरन्तरता दिनुपर्ने र त्यसका लागि आवश्यक सहयोग तथा समन्वय गर्न आफू तत्पर रहेको विचार  त्रियुगा नगरपालिकाको उप मेयर  देवी कुमारी चौधरीले व्यक्त गर्नुभयो ।

स्थानीय तहसँग वीमा समिति विषयक कार्यक्रम उदयपुर जिल्लाको लागि पहिलो कार्यक्रम भएको र यहाँ सम्म आई कार्यक्रम गरेकोमा वीमा समितिलाई धन्यवाद दिदै अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको कार्यपत्रमा  उपस्थित सहभागिहरूले आफ्नो जिज्ञासा राख्नु भएको थियो भने अन्तर्क्रियामा उठेका बिषयको जवाफ बीमा समितिका अध्यक्षले दिनु भएको थियो ।

कार्यक्रममा लुम्बिनी जनरल इ. क. लि. का प्रमुख कार्यकारी अधिकृत श्री नुर प्रकाश प्रधानले बीमा समितिले बीमा सेवालाई प्रवर्द्धन र विकास गर्ने उदेश्य सहित आयोजना गरेको यस प्रकारको कार्यक्रमले यस नगरपालिकामा बीमा व्यवसायको प्रवर्द्धन हुने बताउनु भयो ।   साथै उहाले  उदयपुर जिल्लामा कृषि बीमा सम्बन्धि कुनै समस्या भए बीमकको शाखा कार्यालयमा सम्पर्क गर्न सुझाब दिनु भयो । त्यस्तै कृषि ज्ञान केन्द्र, उदयपुरका प्रमुख श्री सरोज कान्त अधिकारीज्युले यस प्रकारको कार्यक्रमले समग्र नगरवासीको जोखिम व्यवस्थापनमा टेवा पुग्नुको साथै बीमाको  विश्वासनीयता बढेको वताउनु भयो ।

त्रियुगा नगरपालिकाको सभाहलमा भएको उक्त अन्तरक्रिया कार्यक्रम बीमा समितिका  सहायक निर्देशक पदम प्रसाद सोडारीले संचालन गर्नुभएको थियो भने समितिका चार्टड एकाउण्टेण्ट श्री ज्योति प्रकाश पाण्डेले उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो। उक्त अन्तरक्रिया कार्यक्रमको अन्त्यमा बीमा समितका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री चिरञ्‍जीवी चापागाँईज्यूले कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद दिदै सहभागीहरु यस कार्यक्रमबाट लाभान्वित भएको र आफू समेत उत्साहित भएको भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

                                                                                                                              बीमा समिति

                                                                                                                     कुपण्डोल, ललितपुर ।

मिति २०७५ चैत्र १० गते

Click here for pdf file

Know about Our Insurers